लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा काठमाडौँ नाइट्ससामु १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार पारेको थियो।
काठमाडौंका खेलाडी मैदान आउन ढिला भएपछि खेल ढिला सुरु भएको थियो भने १७ ओभरमा छोट्याइएको थियो।
पहिलो विकेटका लागि ओपनर हरमित सिंह र लाहिरु मिलान्थाले ९८ रनको साझेदारी गरे। ओपनर हरमित सिंहले सर्वाधिक ७० रनको योगदान दिए। २६ बलको सामना गरेका हरमितले ८ चौका र २ चौका हाने। लाहिरु मिलान्थाले २६ रन थपे। २९ बलमा मिलान्थाले २ चौका र १ छक्का हाने।
गुल्सन झा २१, ह्यारी टेक्टर १७ र कुशल भुर्तेल १५ रनमा आउट भए। विपुल शर्मा ५ र अनिल शा १६ रनमा नटआउट रहे। काठमाडौंका अनिास बोहोरा एक्लैले ३ विकेट लिए। बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिए।
Shares
प्रतिक्रिया