ad ad

खेल


नेपाल टी २० लिगमा विराटनगर सुपर किंग्सको तेस्रो जित

नेपाल टी २० लिगमा विराटनगर सुपर किंग्सको तेस्रो जित

नेपालखबर
पुस २०, २०७९ बुधबार १८:४७, काठमाडौँ

फारवेस्ट युनाइटेडलाई ६ विकेटले पराजित गर्दै विराटनगर सुपर किंग्सले नेपाल टी २० लिगमा तेस्रो जित दर्ता गरेको छ। 

फारवेस्टले दिएको १५७ रनको लक्ष्य विराटनगरले २ बल अगावै ४ विकेट गुमाएर भेट्टायो। 

कप्तान रोहित पौडेल र प्रदीप ऐरिले उत्कृष्ट ब्याटिङ गरेपछि विराटनगरले फारवेस्टविरुद्ध जित निकालेको हो।

कप्तान रोहितले ४२ बलमा ४ चौका र २ छक्का हान्दै सर्वाधिक ६० रनको योगदान दिए। २६ बलको सामना गरेका प्रदीपले ४ चौका र २ छक्का मद्धतमा ४० रन बनाए। 

हुसैन तलात र पृथु बास्कोताले समान १७ रन थपे। गौरान्सु शर्माले ११ रन थपे। 

फारवेस्टका करन केसी, प्रकाश जैसी, नुर अहमद र हस्मतुल्लाह शाहिदीले एक एक विकेट झारे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५६ रनको योगफल तयार पारेको थियो। 

फारवेस्टका लागि विनोद भण्डारीले सर्वाधिक ४५ रनको योगदान दिए। करण केसी २१ रनमा नटआउट रहे, कप्तान हस्मतुल्लाह शाहिदीले २७ रन थपे। उमैर अलीले १६, मिलिन्दा सिरिवार्दनाले १४ रन थपे। 

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

विराटनगरका लागि शाहब आलम एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ४३ रन खर्चे। कोएन जोसेपले २ विकेट लिए। राज नन्नन, विवेक यादव र रोहित पौडेलले एक एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .