ad ad

खेल


नामिबियाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

नामिबियाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

ब्याटिङका क्रममा कुशल भुर्तेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २, २०७९ मंगलबार १४:४०, काठमाडौँ

आईसीसी लिग २ विश्वकप त्रिकोणात्मक सिरिज अन्र्तगत ओपनर कुशल भुर्तेलले नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदामा २ सय ८६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कुशलले अर्धशतक पुरा गरेका हुन्। कुशलले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। 

नामिबियाविरुद्ध कुशल ५० र कप्तान रोहित पौडेल २९ रन बनाएर क्रिजमा छन्। 

नेपालले २१.५ ओभरमा २ विकेटको क्षतिमा १ सय १६ रन बनाएर खेलिरहेको छ। ओपनर आशिफ शेख शुन्य रनमा बोल्ड भए। ज्ञानेन्द्र मल्ल २५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। 

त्यसअघि घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दा अलआउट भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .