ad ad

खेल


आसर्नललाई हराउँदै शीर्ष स्थानमा फर्कियो म्यानचेष्टर

आसर्नललाई हराउँदै शीर्ष स्थानमा फर्कियो म्यानचेष्टर

नेपालखबर
फागुन ४, २०७९ बिहिबार ७:१२, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा महत्वपुर्ण जित निकाल्दै म्यानचेष्टर सिटी नोभेम्बरपछि शीर्ष स्थानमा फर्किएको छ।

बुधबार राति इमिरेट्स स्टेडियममा आर्सनललाई पराजित गरेर महत्वपुर्ण जित निकाल्दै सिटीले आर्सनललाई पछि पारेको छ।

जितसँगै २३ खेलबाट ५१ अंक जोडेको सिटी शीर्ष स्थानमा छ। एक खेल कम खेलेको आर्सनल समान अंक भएपनि गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा झरेको हो। 

आर्सनलको मैदानमा भएको खेलमा सिटीले ३-१ को जित निकालेको हो। 

घरेलु सिजनमा सबैभन्दा ठूलो खेल खेल्ने क्रममा आर्सनलले गरेको गल्तीहरूको फाइदा सिटीले उठायो। सिटीको जितमा केभिन डि ब्रुएन, ज्याक ग्रेलिस र एर्लिङ ब्राउट हालान्डले गोल गरे। आर्सनलका बुकायो साकाको गोल सान्त्वना बन्यो। 

खेलको २४औं मिनेटमा केभिन डि ब्रुएनको गोलमा सिटीले सुरुवाती अग्रता लिएको थियो। ४२ औँ मिनेटमा बुकायो साकाको पेनाल्टी गोलमा आर्सनल बराबरीमा फर्किएको थियो। 

तर, दोस्रो हाफमा सिटी हाबी बन्दै दुई गोल थप्यो। खेलको ७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए।  ८२औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए। 

गएराति नै भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल नवौँ स्थानमा उक्लिएको छ। चेल्सी एक स्थान तल झर्दै १० औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .