ad ad

खेल


आईसीसी लिग २ : स्कटल्यान्डलाई दबाबमा राख्दै नेपाली बलर

आईसीसी लिग २ : स्कटल्यान्डलाई दबाबमा राख्दै नेपाली बलर

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन ९, २०७९ मंगलबार १२:१, काठमाडौँ

आईसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई दबाबमा राखेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले ३८ ओभरको समाप्तीमा ८ विकेट गुमाउँदै क्षतिमा १ सय ९६ रन बनाएर खेलिरहेको छ। 

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए। कुशल मल्लले १ र करण केसीले २ विकेट झारे।

स्कटल्यान्डको ओपनर केर्ली कोट्जर २२ रनमा सन्दीपको बलमा एलबीडब्लु धरापमा परे। पहिलो विकेटका लागि ओपनर कोट्जर र जर्ज मुन्सेले ४२ रनको साझेदारी गरेका थिए। सन्दीपले सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए। सन्दीपले नै १३ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए। 

नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए। नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यान्डले आजको खेलमा मैदान उतारेको थियो। 

सन्दीपले १४ औँ ओभरको अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारे। रिची पहिलो बलमा नै आउट भए। कुशलले २०.२ ओभरमा म्याक ब्राइडलाई २२ रनमा एलबीडब्लु धरापमा पारे। 

सन्दीपले नै २१.३ ओभमार थोेमस म्याकिन्टोसलाई १ रनमा सन्दीप जोराको हातबाट ब्याच आउट गराए।

चौथो ओभरका लागि म्याथु क्रस र ब्रान्डान म्यकमुलेनले ५७ रनको साझेदारी गरेका थिए। ३४.३ ओभरमा म्याथु क्रस ४२ रन बनाउँदा दिपेन्द्र सिंंह ऐरिको हातबाट रन आउट भए। क्रसले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। ३४.५ ओभरमा करण केसीले माइकल लिस्कलाई शुन्य रनमा बोल्ड आउट गरे। नेपालले एकै ओभरमा लगातार २ विकेट झारेपछि नेपालले केही राहत महसुस गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .