ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबको एएफसी कप सपना अधुरो बनेको छ।
एएफसी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब चेन्नईयन फुटबल क्लबसँग ३–२ ले पराजित भएको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पहिलो हाफमा दुवै टोलीले बराबरी खेलेका थिए।
दोस्रो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए।
खेलमा चेन्नईयनका मोहमद रफीले खेलको ५३ औं निेटमा सुरुवाती गोल गर्दा खेलको ६६ औं मिनेटमा एली साबियाले अग्रतालाई दोब्बर बनाएका थिए।
२–० ले पछि परेको मनाङले नाटकिय रुपमा खेलको ७१ र ७९ औं मिनेटमा दुई गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो। मनाका लागि दुवै गोल आफिज ओलाडिपोले गरेका थिए।
यद्यपी उनको दुई गोल नै खेर गयो। खेलको ८८ औं मिनेटमा चेन्नईयनका लागि सुरुवाती गोल गर्ने मोहम्मद रफीले गोल गर्दै टोलीलाई जिताए।
मनाङ समूह चरणको खेलमा ६ खेलबाट २ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतिक्रिया