ad ad

खेल


पीएनजीविरुद्ध आशिफ शेखको अर्धशतक, कुशलसँग सय रनको साझेदारी

पीएनजीविरुद्ध आशिफ शेखको अर्धशतक, कुशलसँग सय रनको साझेदारी

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १०:३९, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपाली ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन्

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीका ओपनरले उत्कृष्ट सुरुवात गरेका छन्।

यससँगै आशिफले अर्का ओपनर कुशल भुर्तेलसँग १०१ रनको पार्टनरशिप पनि गरिसकेका छन्। 

आशिफले ४७ बलमा अर्धशतक बनाउने क्रममा ५ चौका र २ छक्का पनि हानेका छन्। आशिफले १६ औँ ओभरमा ४७ बलमा ५ चौका र २ छक्का हान्दै आशिफले अर्धशतक पूरा गरेका हुन्। 

त्यस्तै उनलाई साथ दिइरहेका कुशल भुर्तेलले पनि ५१ बलमा ४३ रन बनाइसकेका छन्। उनले यस क्रमा ६ चौका पनि हानेका छन्। 

नेपालले अहिले १६ ओभरको समाप्तिमा बिना क्षति १०२ रन बनाइसकेको छ। 

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर प्रतिश जिसीको स्थानमा ब्याटर कुशल भुर्तेललाई खेलाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .