ad ad

खेल


अर्धशतक बनाउन चुके कुशल भुर्तेल, ४५ रनमा आउट

नेपालले गुमायो दोस्रो विकेट
अर्धशतक बनाउन चुके कुशल भुर्तेल, ४५ रनमा आउट

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १०:५६, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत पपुपा न्यु गिनीसँगको खेलमा नेपालको दुई विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १८.४ ओभरमा ११० रन बनाउँदा पहिलो विकेट गुमाएको हो। 

पहिलो विकेटको लागि ओपनर कुशल र आशिफले दोस्रो ठूलो साझेदारी गरेका थिए। 

ओपनर कुशल भुर्तेल ४५ रन बनाउँदा १८ औँ ओभरको चौथो बलमा राइली ह्याकुरेको हातबाट क्याच आउट भए। 

पहिलो विकेटका लागि कुशल र आशिफ शेखले १०९ रनको साझेदारी गरेका थिए। 

कुशलले ४६ बलमा ६ चौका हान्दै क्याच आउट भए। आशिफ शेख ६३ रन बनाएर खेलिरहेका छन्।

त्यसैगरी क्रिजमा आशिफ शेखलाई साथ दिन आएका कुशल मल्ल पनि २ रनमै आउट भएका छन्।

उनी ८ बलमा २ रन बनाउँदा आउट भएका हुन्। अहिले आशिफ शेख ७० रनमा खेलिरहेका छन्। उनलाई साथ दिन आएका ज्ञानेन्द्र मल्ल २ रनमा खेलिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .