ad ad

खेल


नेपाललाई लगातार तेस्रो सफलता, दबाबमा पीएनजी

नेपाललाई लगातार तेस्रो सफलता, दबाबमा पीएनजी

बलिङका क्रममा नेपाली टोली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १४:३५, काठमाडौँ

आइसीसी विश्वकप त्रिकोणात्मक एक दिवसिय सिरिजमा नेपालले लगातार तेस्रो विकेट लिएको छ।

१४.३ ओभरमा ओपनर टोनी उरा ५० रन बनाउदा क्याच आउट भए। ४४ बलको सामना गरेका उराले ९ चौका हाने। 

१४ औ ओभरको तेस्रो बलमा सेसे बाउ क्याच आउट हुँदै पवेलियन फर्के। बाउ दिपेन्द्र सिंह ऐरिको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। 

१२ औँ ओभरको दोस्रो बलमा ओपनर किपलिन डोरिगा रन आउट भए। ३४ बलको सामना गरेका डोरिगाले ३ चौका र १ छक्का हाने। 

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्यु गिनी १४.३ ओभरमा तिन विकेटको क्षतिमा ९२ रन बनाएर खेलिरहेको छ। 

अहिले क्रिजमा टोनी उरा ५० कप्तान असद भाला ३ रनमा नटआउट छन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ९७ रन बनाउँदा अलआउट भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .