ad ad

खेल


यूएईलाई नेपालले दियो २४९ रनको लक्ष्य

यूएईलाई नेपालले दियो २४९ रनको लक्ष्य

कीर्तिपुर मैदानमा ब्याटिङका क्रममा नेपाली खेलाडीहरु। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १३:१८, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले यूएईसामु २ सय ४९ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रन बनाउँदा अलआउट भयो। 

पावर प्लेमा खराब सुरुवात गरेको नेपालले ७.१ ओभरमा ३ विकेट गुमाएर २२ रनको अवस्थामा थियो। 

चौथो विकेटका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए। ३७ बलमा चार चौका हान्दै भिम २९ रनमा क्याच आउट हुन पुगे।

यूएईका रोहन मुस्तफाले २१.६ ओभरमा भीमलाई मइयाप्पनको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए। 

पाँचौ विकेटका लागि कप्तान रोहित र आरिफ शेखले ८६ रनको महत्वपुर्ण साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ अघि बढेको थियो। 

कप्तान रोहित ३७.३ ओभरमा ११२ बलमा ९ चौका हान्दै ७७ रन बनाउँदा क्याच आउट हुन पुगे। रोहितले ८३ बलमा ७ चौका हान्दै आफ्नो करियरको आठौ अर्धशतक पूरा गरेका थिए।

आरिफ शेख ४३ रन बनाउँदा क्याच आउट भए। लामो सट खेल्ने धुनमा रहेका अरिफले ५२ बलमा ५ चौका हाने। 

सातौँ विकेटका लागि गुलसन झा र दिपेन्द्रसिंह ऐरिले ४८ रनको साझेदारी गरे। ३२ बलमा १ चौका र ३ छक्का हानेका गुलसन झा ३७ रन बनाउँदा जाहोर खानको बलमा बोल्ड आउट भए। सन्दीपले २ रन बनाए। 

दिपेन्द्रसिंह ऐरि ३४ रन बनाउँदा बोल्ड आउट भए। १९ बलमा ३ चौका र २ छक्का हाने।   सोमपाल कामी २ रनमा नटआउट रहे। ललित राजवंशी शुन्य रनमा नटआउट रहे। 

ओपनर कुशल भुर्तेल ८ रन बनाउदा एलबीडब्लु धरापमा परे। आशिफ शेख शुन्य रनमा आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए। 

आगामी ४ वर्षका लागि ओडिआई मान्यता जोगाउनका लागि नेपाल र युएई दुवै महत्वपुर्ण जितको खोजीमा छन्। 

युएईका लागि आयान अफ्जल खान, रोहन मुस्तफा, जवार फरिद र जाहुर खानले समान २ विकेट झारे। आर्यन लाक्रा, जुनैद सिद्दिकीले एक एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .