ad ad

खेल


नेपाल बलिङसामु निरीह यूएई, ८ रन बनाउँदा गुमायो ४ विकेट

नेपाल बलिङसामु निरीह यूएई, ८ रन बनाउँदा गुमायो ४ विकेट

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १४:०, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले यूएईविरुद्ध सुरुमै चार विकेट लिएको छ।

केबल ८ रन मात्रै बनाएको अवस्थामा नेपाली बलरले यूएईका चार विकेट झार्न सफल भएका हुन्। 

नेपालका लागि पछिल्लो पटक छैटौँ ओभरको पहिलो बलमा आशिफ खानलाई सोमपाल कामीको बलमा आशिफ शेखले क्याच आउट गरे।

त्यसअघि नेपालका लागि तेस्रो विकेट कुशल भुर्तेलले लिए। उनले ललितराज वंशीको बलमा मोहम्मद वासिमलाई केबल १ रनमै क्याच आउट गरिदिए। 

त्यसैगरी दिपेन्द्रसिंह ऐरीले आर्यन लाक्रालाई शून्यमै पेवेलियन फर्काइदिए। उनले तेस्रो ओभरको चौथो बलमा लाक्रालाई बोल्ड आउट गराए।

यसअघि नेपालले पहिलो ओभरको पाँचौँ बलमै विकेट लिएको थियो। नेपालका ललित राजवंशीले भृत्या अरविन्दलाई बोल्ड आउट गरेका थिए। 

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएईले छैटौँ ओभरमा नै ४ विकेट गुमाइसकेको छ। नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएइएले जवाफि ब्याटिङ गरिरहेको छ। 

अहिले यूएई ६ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८ रन बनाएर खेलिरहेको छ। अहिले आयन अफजल खान र रोहन मुस्ताफा क्रिजमा छन्। 

त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय .४८ रन बनाउँदा अलआउट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .