यूएईविरुद्ध नेपालका ब्याटर भीम सार्कीले अर्धसतक पूरा गरेका छन्। भीमले ६० बलमा ६ चौकासहित ५० रन बनाएका हुन्।
यसअघि ओपनर कुशल भुर्तेल अर्धसतक पूरा गरेर आउट भएका थिए। यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवाती ४ विकेट गुमाएको छ।
२६ ओभरको खेल सकिँदा नेपालले ४ विकेटको क्षतिमा १४९ रन बनाएको छ।
नेपालले १७ औं ओभरमा तेस्रो विकेट गुमाएको थियो। १७ औं ओभरको तेस्रो बलमा कुसल क्याचआउट भएका हुन्।
३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै उनले नेपालको इनिङ उकासेका थिए।
कुशल र भीम सार्कीले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे। अहिले भीम र आरिफ शेख क्रिजमा छन्। आरिफले रन बनाएका छन्।
165
Shares
प्रतिक्रिया