भारतीय क्रिकेटर सूर्यकुमार यादव अहिले चर्चामा छन्। तीन वान डे म्याचको सिरिज अस्ट्रेलियाले जितेसँगै यादवको पनि चर्चा सुरु भएको हो।
अस्ट्रेलियाविरूद्ध खेलिएका तीन वानडे खेलको सिरिज निश्चित रुपमा भारतका लागि समेत खराब सावित भयो।
यो सिरिजको तीनै खेलमा स्टार भारतीय ब्याटर यादवले एक रन पनि जोड्न पाएनन्।
३२ वर्षीय ब्याटरलाई तेस्रो एक दिवसीय खेलमा फिनिसरको भूमिका दिइएको थियो। तर उनी पहिलो बलमै एस्टन एगरको शिकार भए।
यहीकारण सूर्यकुमार वानडे क्रिकेट इतिहासको पहिलो यस्तो ब्याटर बने जो लगातार तीन खेलको पहिलो नै बलमा आउट हुन पुगे।
पछिल्ला दुई भिडन्तमा उनलाई मिचेल स्टार्कले पवेलियन पठाएका थिए। सचिन तेन्दुलकर, जहिर खान, इशान्त शर्मा, जसप्रित बुमराह र अनिल कुम्बलेपछि एकदिवसीय क्रिकेटमा लगातार तीन पटक शून्यमा आउट हुने यादव छैटौँ ब्याटर बनेका छन्।
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै लगातार डक आउटको विश्व रेकर्ड ४ छ।
भारत र अस्ट्रेलियाबीचको पहिलो वानडे म्याच सन् १९७४ मा खेलिएको थियो। यस्तोमा दुवै टिमको इतिहासलाई लिएर कुरा गर्दा यस्तो रेकर्ड आजसम्म बनेको थिएन।
Shares
प्रतिक्रिया