एपीएफ क्लबकी कप्तान सीता रानामगर ललितपुर मेयर्स कप टी २० क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन प्रतियोगितामा सीताले २१४ रन बनाएकी थिइन्।
सीताले ५ खेलमा ८ विकेट पनि झारेकी थिइन्। बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेकी सीताले सर्वोत्कृष्ट खेलाडी बन्दै ३० हजार रुपैयाँ प्राप्त गरिन्।
त्यस्तै कोशी प्रदेशकी कप्तान रुविना क्षत्री उत्कृष्ट ब्याटर बनिन्। प्रतियोगितामा रुविनाले १ सय ३९ रन बनाएकी थिइन्। रुविनाले प्रतियोगिता अवधिभर कुल ६ विकेट लिएकी थिइन्।
उत्कृष्ट ब्याटर बन्दै रुविनाले १५ हजार रुपैयाँ पाइन्।
यस्तै कोशी प्रदेशकै निशा शाह उत्कृष्ट बलर बनिन्। प्रतियोगितामा निशाले ६ विकेट आफ्नो नाममा गरिन्। उत्कृष्ट बलर निशाले १५ हजार रुपैयाँ पाइन्।
आज भएको फाइनल खेलमा कोशी प्रदेशलाई हराउँदै एपीएफ क्लबले उपाधिमाथि ह्याट्रिक गरेको छ।
उपाधिसँगै एपीएफले २ लाख तथा उपविजेता कोशीले एक लाख रुपैयाँ पाएको छ।
Shares
प्रतिक्रिया