ad ad

खेल


आईपीएल २०२३ : चेन्नईलाई पराजित गर्दै गुजरातले जित्यो पहिलो खेल

आईपीएल २०२३ : चेन्नईलाई पराजित गर्दै गुजरातले जित्यो पहिलो खेल

नेपालखबर
चैत १८, २०७९ शनिबार ६:५६, काठमाडौँ

गुजरात टाइटन्सले आईपीएल २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई पाँच विकेटले पराजित गरेको छ।

शुभमन गिलको अर्धशतकीय इनिङ्स तथा अन्तिम ओभरमा राशिद खान र राहुल तेवाटियाको तीव्र ब्याटिङको मद्दतले गुजराज टाइटन्सले जित निकालेको हो।

पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले ओपनर ऋतुराज गायकवाडको ९० रनको इनिङ्समा गुजरात टाइटन्सलाई जितका लागि १७९ रनको लक्ष्य दिएको थियो।

लक्ष्य पछ्याउने क्रममा गुजरातको टोलीका ओपनर शुभमन गिल र ऋद्धिमान साहाले उत्कृष्ट सुरुवात गरेका थिए। चौथो ओभरमा १६ बलमा २५ रन बनाएर ऋद्धिमान साहा आउट भए पनि त्यतिन्जेल स्कोरबोर्डमा ३७ रन नै भइसकेको थियो।

गुजरातले आफ्नो प्रभावशाली खेलाडी साई सुदर्शनलाई मैदानमा उतार्‍यो, जसले शुभमन गिलसँग दोस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे।गुजरातको इनिङ्समा साई सुदर्शनले १७ बलमा २२ रन बनाएर महत्वपूर्ण योगदान दिए।

यसपछि कप्तान हार्दिक पाण्ड्याय ब्याटिङ गर्न आए तर ८ रन मात्र बनाएर रविन्द्र जडेजाको हातमा बोल्ड भए।

यस क्रममा शुभमन गिलले आफ्नो अर्धशतक पूरा गरे। गिलले एक छेउबाट रन बनाउने क्रम जारी राखे। १५ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने प्रयासमा गिल आउट भए। उनले ३६ बलमा ६३ रनको पारी खेले र यस क्रममा उनले ६ चौका र तीन छक्का प्रहार गरे।

अन्तिम ओभरमा राहुल तेवाटिया र राशिद खानले तीव्र गतिमा खेल्दै गुजरातलाई सहज जित दिलाए। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रंगीन कार्यक्रमपछि गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीचको खेलबाट आईपीएल सिजन–१६ सुरु भएको छ।

आईपीएलको यो पहिलो खेलमा गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर चेन्नईका कप्तान महेन्द्र सिंह धोनीलाई ब्याटिङको निम्तो दिएका थिए।

गुजरातका लागि मोहम्मद शामीले पहिलो ओभर बलिङ गरे र त्यसमा उनले २ रन मात्र बनाउन दिए। पहिलो ओभरमा पिचको अनुभूति गरेपछि ऋतुराज गायकवाडले दोस्रो ओभरमा पाण्ड्यालाई लगातार दुई चौका प्रहार गरे।

तर, खेलको तेस्रो ओभरमा दोस्रो ओपनर डेभोन कोनवेलाई आउट गर्दै मोहम्मद शामीले चेन्नईलाई पहिलो झटका दिएका थिए। कोनवेले ६ बलमा एक रन मात्र बनाउन सके।

कोनवे आउट भएपछि मोइन अली आए र हात खोल्न थालेका थिए कि राशिद खानको बल विकेटको पछाडि क्याच भयो।

मोइनले १७ बलमा चार चौका र एक छक्काको मद्दतले २३ रन बनाए।खेलको सातौं ओभर बलिङ गर्न आएका कप्तान हार्दिकलाई ऋतुराज गायकवाडले लगातार दुई छक्का प्रहार गरे।

चेन्नईको इनिङ्समा १४ बल बाँकी रहँदा महेन्द्र सिंह धोनी पिचमा आए तर अन्तिम ओभरसम्म दुई बलमा दुई रन मात्र बनाउन सके।

तर, अन्तिम ओभरको अन्तिम चार बलमा धोनीले ११ रन बनाएर चेन्नईको स्कोर १७८ मा पुर्‍याए। धोनीले ७ बलमा १४ रन बनाएपछि अविजित रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .