राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर सरु लिम्बू र रेनुका नगरकोटेले भारतीय आई लिग खेल्ने भएका छन्।
सरु र रेनुकाले किक स्टारबाट आई लिग खेल्ने छन्।
टोलीमा अनुबन्ध भएपछि सरुले भनिन्, ‘अहिले राष्ट्रिय टोलि कै खेलमा ध्यान छ। व्यावसायिक खेलका लागि किक स्टारमा जोडिन पाउँदा खुशी लागेको छ।’
लिगका लागि सरु र रेनुका आगामी साता भारत जानेछन्।
यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा शाही भारतीय क्लब लर्ड्स फुटबल एकेडेमीमा अनुबन्ध भएकी थिइन्।
भारतीय लिगमा सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतले व्यवसायिक लिग खेलिसकेका छन्।
साम्बाले सेथु एफसी र गोकुलम केरालाबाट लिगको उपाधि जितिसकेकी छिन्। अनिता र सावित्रालेसँगै सेथु एफसीबाट लिग जितेका थिए। साबित्रा यो सिजन पनि गोकुलमबाट व्यावसायिक लिगका लागि अनुबन्ध भैसकेकी छिन्।
1.8k
Shares
प्रतिक्रिया