सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज आइतबार तीन खेल हुँदै छन्।
आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। सातदोबाटो र आर्मीबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ।
एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्नेछन्। दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
30
Shares
प्रतिक्रिया