ad ad

खेल


आत्मघाती गोलले युनाइटेड सेभिल्लासँग बराबरीमा रोकियो

आत्मघाती गोलले युनाइटेड सेभिल्लासँग बराबरीमा रोकियो

नेपालखबर
बैशाख १, २०८० शुक्रबार ७:१७, काठमाडौँ

युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र सेभिल्लाले बराबरी गरेका छन्। 

घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेड सेभिल्लासँग २–२ को बराबरीमा रोकिएको हो। 

खेलमा सुरुवाती अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा आत्मघाती गोलका कारण बराबरी गर्न पुग्यो। 

खेलको १४औँ मिनेटमा मर्सेल सबिट्जरको गोलमा सुरुवाती अग्रता लिएको थियो। ब्रुनो फर्ननडेजले मिलाइदिएको पासमा सबिट्जरले बललाई पोस्टको गति दिएका थिए। खेलको २१अ‍ाैँ मिनेटमा उनले नै मार्टियलको पासम गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। 

युनाइटेडका डिफेन्डरबीच तालमेल नमिल्दा पाहुना टोली सेभिल्लाले त्यसको पाइदा लियो। खेलको ८४औँ मिनेटमा मलसियाले बललाई डेभिड डे गियाको अगाडी डाइभर्ट गर्ने क्रममा बलले पोष्टको गति लिदै गोलमा परिणत भएको थियो। 

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा युसेफ एन नेसिरिको अफ टार्गेट हेडर ह्यारी मागुइरेले डि गियालाई छाड्दा दोस्रो उपहार गोलमा परिणत भयो। 

क्वार्टरफाइनलको पहिलो लेगमा बराबरी गरेसँगै सेमिफाइनल प्रवेशका लागि युनाइटेडले थस सर्घष गर्नुपर्ने भएको छ। मार्टिनेज घाइते भएपछि युनाइटेडमाथि थप दबाब बढेको छ। 

क्वार्टरफाइनलकै पहिलो लेगमा युभेन्टसले स्पोर्टिङलाई तथा फेयोनोर्डले रोमालाई १–० ले हराएका छन्। अर्को खेलम बायन लिभरकुसेन र युनियन सेन्टल एक एक गोलको बराबरी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .