ad ad

खेल


सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारदेखि

नेपालखबर
बैशाख ३, २०८० आइतबार १४:५५, काठमाडौँ

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भेलि सोमबारदेखि सुरु हुँदैछ।

नेपाल प्रोफेसनल गल्फ एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै सूर्य नेपाल गल्फ टुर २०२२–२३ को सातौं इभेन्ट गोकर्ण गल्फ रिसोर्टमा हुने जानकारी दिएको हो।

च्याम्पिनयसिपमा ३२ व्यवासायिक ८ एमेच्योर गलफरले सहभागी हुनेछन्। ७२ होलमा हुने च्याम्पियनसिपमा सुरवातको ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट बनाउने छन्। 

चार दिनसम्म चल्ने प्रतियेगिताको कुल पुरस्कार ८ लाख रुपैयाँ रहेको छ। च्याम्पिनयसिपको उपाधि विजेताले १ लाख ४० हजार रुपैयाँ पाउने एनपीजीएका महासचिव दिपक आचर्यले जानकारी दिए। उपविजेताले ९० हजार तथा तेस्रो हुनेले ६७ हजार रुपैयाँ प्रप्त गर्नेछन्।

शीर्ष २१ प्रो खेलाडीले पुरस्कार प्राप्त पाउनेछन्। 

च्याम्पियनसिपमा वयवसायिक गल्फर भुवन नगरकोटी, जयराम श्रेष्ठ र धनबहादुर थापा र एमेच्योर गल्फर सद्भाव आचार्य र सुभाष तामाङबीच कडा स्पर्धा हुने अनुमान गरिएको छ। 

विश्व वरियतामा पनि यो च्याम्पियनसिपले प्रभाव पर्ने भएकाले यसलाई महत्वपूर्ण रुपमा हेरिएको महासचिव आचार्यले बताए।

उनले भने, ‘टुरको अन्तिम दुई इभेन्ट एमेच्योरको विश्व वरीयतामा समावेश भएको छ। त्यसैले गल्फ संघले विश्व वरियतालाई ध्यान दिँदै अन्य प्रतियोगिता पनि आयोजना गर्नेछ।’ 

एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो प्रतियागिताले एमेच्योर र व्यवसायिक दुवै खेलाडीलाई सहयोग पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .