ad ad

खेल


एसीसी प्रिमियर कप आजदेखि, उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दै

मूलपानी मैदानले अन्तर्राष्ट्रिय मान्यता पाउने
एसीसी प्रिमियर कप आजदेखि, उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दै

फाइल तस्बिर : त्रिवि क्रिकेट मैदान


नेपालखबर
बैशाख ५, २०८० मंगलबार ७:११, काठमाडौँ

एसीसी प्रिमियर कपको उद्घाटन खेलमा घरेलु टोली नेपालले आज मंगलबार मलेसियासाग खेल्दै छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। 

उपाधिको दाबेदार मानिएको नेपाल मलेसियालाई हराउँदै प्रिमियर कपमा सुखद सुरुवात गर्ने योजनामा छ।

नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् भने मलेसियाको कमानी अहमद फैजले सम्हाल्नेछन्। 

प्रिमियर कपको उपाधि विजेताले एसिया कपमा स्थान बनाउनेछ। एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन्। 

आईसीसी विश्वकप लिग–२ का पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल सोही लयलाई निरन्तरता दिने दाउमा छ।

आजै हुने अर्को खेलमा हङकङले सिंगापुर खेल्नेछन्। सो खेल मूलपानी मैदानमा हुनेछ। यो खेलसँगै मूलपानी मैदानले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ। 

प्रिमियर कपमा सहभागी १० टोलीलाई दुई सुमहमा विभाजन गरिएको छ। समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन्। समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। 

प्रिमियर कप आगामी १८ ग सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछ। समूहमा शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .