एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा कप्तान रोहित पौडेल पनि आउट भएका छन्।
रोहित २३ बलमा २ चौका हान्दै क्याच आउट भए।
कीर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको छ।
तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५५ रनको साझेदारी गरे। ओमानका फयाजले रोहितलाई क्याच आउट गराउँदै नेपालको बलियो साझेदारी तोडेका थिए।
नेपालले ३.४ ओभरमा एक रन पनि जोड्न नसक्दा दुवै ओपनर गुमाएको थियो।
ओमानका लागि विलाल खान, करिमुल्लाह, फयाज बटले एक एक विकेट लिए।
30
Shares
प्रतिक्रिया