ad ad

खेल


नेपालले ओडीआईमा बनायो हालसम्मकै उच्च स्कोर

नेपालले ओडीआईमा बनायो हालसम्मकै उच्च स्कोर

शतकीय इनिङ खेलेका कुशल मल्ल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १३:२, काठमाडौँ

नेपालले एकदिवसीय क्रिकेटतर्फ हालसम्मकै उच्च स्कोर बनाएको छ। 

नेपालले एसिसी प्रिमियर कपमा ओमानलाई ३ सय ११ रनको विशाल लक्ष्य दिने क्रममा यो कीर्तिमान बनाएको हो। 

ओडीआईमा नेपालले बनाएको ३१० रन अहिलेसम्मकै उच्च स्कोर हो। 

यसअघि नेपालले ओडीआईमा पपुवा न्युगिनीविरुद्ध उच्च स्कोर बनाएको थियो। 

गत महिना आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा २९७ रन बनाएको थियो।

नेपालले विशाल स्कोर खडा गर्ने क्रममा युवा अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १०८ रनको शानदार शतकीय इनिङ खेल्न सफल भए। 

कुशलले आफ्नो २१ औं ओडीआई खेलमा शतक प्रहार गरेका हुन्। कुशलको करियरको यो पहिलो शतक हो। 

यससँगै कुशल नेपालबाट सर्वाधिक छिटो शतक हान्ने पहिलो ब्याटर बनेका छन्। 

नेपालबाट ओडीआईमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुन्। यसअघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, कुशल भुतेृल र आसिफ शेखले शतक हानेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .