एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल वर्षाका कारण फेरि रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा आज मात्रै पटक पटक पानी परेर खेल प्रभावित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
खेल रोकिएपछि अहिले झन् ठूलो पानी परेको छ। पानीबाट जोगाउन पिचसहित मैदानको अन्य भाग पनि त्रिपालले छोपिएको छ।
सोमबार नै १६ ओभरमा यूएईले ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
ठूलो पानी परेकाले यदि आज यूएईको बाँकी इनिङ र नेपालको जवाफी ब्याटिङ हुन नसके बाँकी खेल भोलि खेलाइनेछ।
पानीका कारण बाँकी खेल भोलि पनि हुन नसके छिनोफानो सुपर ओभरबाट हुनेछ। सुपर ओभर पनि हुन नसके नेपाल ओडीआई वरीयताको आधारमा एसिया कप पुग्नेछ।
189
Shares
प्रतिक्रिया