ad ad

खेल


रियल मड्रिडपछि ब्राजिल जाँदै एन्सेलोटी

रियल मड्रिडपछि ब्राजिल जाँदै एन्सेलोटी

नेपालखबर
असार २०, २०८० बुधबार १३:२, काठमाडौँ

रियल मड्रिडसँगको सम्झौता सकिएपछि कार्लो एन्सेलोटीले अर्को वर्ष ब्राजिलको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन्। 

ब्राजिलियन फुटबल महासंघका अध्यक्ष एडनाल्डो रोड्रिग्सले एन्सेलोटीले ब्राजिलियन टोली सम्हाल्ने पुष्टि गरेका हुन्। 

ब्राजिलका प्रमुख रोड्रिग्जले सन् २०२२ को विश्वकपपछि टिटेले टोली छाडेपछि आगामी योजनाको बारेमा पुष्टि गरेका हुन्।

टिटेले टोली छाडेपछि यसको जिम्मेवारी फर्नान्डो दिनिजले एक वर्षका लागि सम्हालेका छन्। सन् २०२४ को समरमा रियल मड्रिडसँगको सम्झौता सकिएपछि उक्त टोलीको जिम्मेवारी एन्सेलोटील सम्हाल्ने भएका हुन्। 

ब्राजिलका शीर्ष खेलाडीहरुले पहिले नै यो पुष्टि गरिसकेका छन्। उनीहरु एन्सेलोटीलाई टोलीको व्यवस्थापकका रुपमा हेर्न चाहन्छन्। 

नेयमारले पनि उनले आफूहरुलाई धेरै कुरा सिकाउन सक्ने बताइसकेका छन्। यस्तै रियउद क भिनिसियस जुनियरले पनि उनी विश्वकै उत्कृष्ट खेलाडी रहेको बताएका छन्। 

उता रियलले पनि एन्सेलोटीको प्रतिस्थापनपछि टोलीको विकल्प खोजिरहेको छ। रियलले क्लबका पूर्व मिडफिल्डर जाबी अलोन्सोलाई ल्याउने तयारी गरेको बुझिएको छ। उनी अहिले बायर लिभरकुसेनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .