ad ad

खेल


पाकिस्तान जाने राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

पाकिस्तान जाने राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

नेपालखबर
भदौ ५, २०८० मंगलबार १५:४७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिले खेलाडीलाई शुभकामना दिएका हुन्।

भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता भाग लिन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्दैछ।

यसप्रकारका अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने राष्ट्रपतिले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

‘नेपालमा बढ्दो क्रिकेटप्रतिको आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको छ’ उनले भनेका छन्, ‘यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तीब्रता दिनुपर्दछ भन्ने मलाई लाग्दछ।’

विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय भएको उल्लेख गर्दै उनले ‘उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईहरूको अहोरात्रको मेहनेत र परिश्रम सफल होस्’ भनेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .