ad ad

खेल


सर्लाहीको कौडेना गाउँपालिकाले नेपाली क्रिकेट टोलीलाई पाँच लाख दिने

सर्लाहीको कौडेना गाउँपालिकाले नेपाली क्रिकेट टोलीलाई पाँच लाख दिने

नेपालखबर
भदौ १९, २०८० मंगलबार १३:४, सर्लाही

सर्लाहीको कौडेना गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ। 

सोमबार राति भएको एसिया कपमा भारतसँग पराजित भएपनि नेपाली खेलाडीले राम्रो खेलेको भन्दै प्रशंसा भइरहँदा कौडेना गाउँपालिकाले खेलाडीलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो। 

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादवले खेलाडीलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको जानकारी दिए। 

‘हामीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेका छौँ,’ अध्यक्ष यादवले नेपालखबरसँग भने, ‘खेलाडीलाई प्रोत्साहन नगरी नेपालमा क्रिकेट खेलको विकास हुन सक्दैन। खेलाडीलाई थोरै भएपनि सहयोग पुगोस् भनेर यो निर्णय गरेका हौँ।’

एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतसँग डिएलएस मेथडमा १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो।

लगातार दोस्रो हारसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .