ad ad

खेल


एसियाड खेल्ने तीनजना जुडो खेलाडीको बिदाइ

एसियाड खेल्ने तीनजना जुडो खेलाडीको बिदाइ

नेपालखबर
असोज २, २०८० मंगलबार १६:४८, काठमाडौँ

महेन्द्र रत्न क्याम्पसले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने आफ्ना ३ विद्यार्थी खेलाडीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेको छ।

त्यहाँ स्नातक तह प्रथम वर्षमा अध्ययनरत ३ जुडो खेलाडीलाई सफलताको शुभकामना दिँदै क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषय शिक्षक कोपिलकुमार थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरे।

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ५२ केजीमुनि देकीमाया श्रेष्ठले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्ने छन्।

तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन्। इन्द्र र देवकी सहोदर दाजुबहिनी हुन्। उनीहरुसहित ८ जुडो खेलाडीले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्दै छन्।

त्यही अवसरमा पामका प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।  पाममा ३१ जना आश्रित छन्। प्रशिक्षक श्रेष्ठका अनुसार सबै जुडो खेल्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .