साफ यू १९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग पराजित हुन पुग्यो।
घरेलु मैदानमा आफूभन्दा कमजोर प्रतिद्वन्द्वीसँग पराजित भएपछि दबाबमा रहेको नेपाल सोमबार माल्दिभ्सविरुद्ध खेल्दै थियो।
जित्नै पर्ने दबाबमा रहेको नेपालले त्यहीअनुसारको खेल पहिलो हाफमा प्रदर्शन गरेको छ।
सेमिफाइनल यात्रा तय गर्न मालदिभ्सविरुद्ध जितको खोजीमा रहेको नेपालले पहिलो हाफमा २-० को अग्रता बनाइसकेको छ।
दुवै टोली पहिलो हाफमै १० खेलाडीमा झरे पनि नेपालले माल्दिभ्समाथि दबाब बनाइरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ चलिरहँदा नेपालले २–० को अग्रता बनाउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
नेपालका लागि खेलको १७ औँ मिनेटमा प्रशान्त लक्सनको गोलमा सुरुवाती अग्रता दिलाए।
२९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा समिर तामाङले उत्कृष्ट गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाउन सफल भए। यससँगै घरेलु समर्थक पनि उत्साहित भएका छन्।
Shares
प्रतिक्रिया