ad ad

खेल


प्रिमियर लिग फुटबल : दुवै म्यानचेस्टर क्लब एकै दिन पराजित

प्रिमियर लिग फुटबल : दुवै म्यानचेस्टर क्लब एकै दिन पराजित

नेपालखबर
असोज १४, २०८० आइतबार १३:१४, काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरति भएका खेलमा एकै सहरका दुई हस्ती क्लबले पराजय भोगेका छन्। 

म्यानचेस्टर सहरका दुवै क्लबले एकै दिन हारको सामना गरे। लिग लिडर सिटलाई उल्भसले सिजनको पहिलो हार चखायो। 

उता युनाइटेडलाई क्रिस्टल प्यालेसले अर्को हारको स्वाद चखायो। प्रतिस्पर्धात्मक खेलमा सिटीलाई पराजित गर्ने क्रममा उल्भसका लागि दोस्रो हाफमा ह्वाङ हि चेनले निर्णायक गोल गरे। 

उक्त खेलको पहिलो हाफमै अग्रता पनि उल्भसले नै बनाएको थियो। त्यसका लागि सिटीका रुबिन डियासले आत्मघाती गोल उपहार दिए।

तर खेलको ५८ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गरेपछि सिटी खेलमा फर्किएको थियो। त्यसपछि उल्भसले अर्को गोल थप्दै सिटीबाट तीन अंक खोस्न सफल भयो।

हारपछि पनि सिटीले १८ अंकसहित लिगमा अग्रता बनाइरहेको छ। उता उल्भ्ससँग ७ अंक छ। 

अर्कातिर यो सिजन पनि लय समात्न नसकेको म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा क्रिस्टल प्यालेसले हारको स्वाद चखायो। यो सिजन घरेलु मैदानमा युनाइेट दुई पटक हारिसकेको छ। 

क्रिस्टल प्यालेसका जोमी एन्डरनको गोल नै युनाइटेडलाई हराउन पर्याप्त भयो। यसअघि युनाइटेडले काराबाओ कपमा हराएको बदला पनि प्यालेसले लिएको छ। 

यो खेलसँगै युनाइटेड ७ खेलबाट ९ अंकसहित लिगको १० औँ स्थानमा छ। प्यालेस पनि ७ अंकसहित युनाइेटभन्दा एक स्थानमाथि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .