ad ad

खेल


टी-२० विश्वकप छनोट : सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

टी-२० विश्वकप छनोट :  सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

तस्बिर : सराेज नेपाल


नेपालखबर
कात्तिक १३, २०८० सोमबार १०:४९, काठमाडौँ

आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत घरेलु टोली नेपालले सिंगापुरविरुद्ध जितका लागि १ सय ४६ रनको लक्ष्य पाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिगांपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रनको योगफल तयार पारेको छ। 

सिंगापुरविरुद्ध अविनास बोहोरा एक्लैले तिन विकेट झारे। गुलसन झा, सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए। 

सिंगापुरका लागि अक्षय पुरी १३ र रमेश कलिमुथु १ रनमा नटआउट रहे। 

ओपनर रोहन रगांराजनले सर्वाधिक ४६ रन बनाए। ३० बलको सामना गरेका रोहनले ९ चौका र १ छक्का हाने। लामो सट खेल्ने धुनमा रहेका रोहन आठौं ओभरको पहिलो बलमा गुलसन झा को बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। 

सोही ओभरको पाचौं बलमा गुलसनले अर्मात्या कउललाई शुन्य रनमा क्याच आउट गरे। 

२० औं ओभरमा आर्यभिर चौधरी ३७ रनमा क्याच आउट भए। २६ बलमा ५ चौका हान्दै ३७ रन बनाएका चौधरी अविनास बोहोराको बलमा करण केसीको हातबाट क्याच आउट भए। 

सन्दीप लामिछानेले सातौ ओभरको अन्तिम बलमा सुरेन्द्र चन्दमोहनलाई ६ रन बनाउँदा पवेलियनको बाटो देखाए। सन्दीपले ११ औं ओभरको पहिलो बलमा जनक प्रकाशलाई एलबीडब्लु धरापमा पारे। 

अविनासले १८ औं ओभरमा लगातार दुई विकेट लिएका छन्। अविनासले १८ औं ओभरको दोस्रो बलमा थिलिप थिलप्पनलाई १ रनमा आउट गरे। त्यसकै चौथो बलमा अविनासले अनन्था कृष्णालाई आउट गरे। 

नेपालका लागि करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर तथा कप्तान आत्रिया दत्तालाई शुन्य रनमा नै पवेलियनको बाटो देखाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .