ad ad

खेल


एकै ओभरमा सोमपाललाई २ विकेट

एकै ओभरमा सोमपाललाई २ विकेट

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ११:२६, काठमाडौँ

तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्ध चौथो ओभरमा दुई विकेट लिँदै नेपाललाई सफलता दिलाएका छन्।

आईसीसी टी-२० विश्वकप छनोट एसिया फाइनलको सेमिफाइनलमा यूएईविरुद्ध चौथो ओभरको पहिलो सोमपाल कामीले खालिद शाहलाई ३ रनमा रन आउट गराए। 

त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए। 

वसिम २६ रनमा आउट भए। 

चार ओभरको समाप्तीमा यूएईले २ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा वृत्या अरविन्द १ र आशिफ खान शून्य रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .