ad ad

खेल


रोबर्ट लेवान्डोस्कीको दुई गोलमा अलाभेसविरुद्ध बार्सिलोनाको जित

रोबर्ट लेवान्डोस्कीको दुई गोलमा अलाभेसविरुद्ध बार्सिलोनाको जित

नेपालखबर
कात्तिक २७, २०८० सोमबार ७:४८, काठमाडौँ

रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगमा संर्घष गरिरहेको अलाभेसलाई हराएको छ। 

आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले अलाभेसलाई २–१ गोल अन्तरले हराएको हो। 

खेल सुरु भएको १८ सेकेन्डमै पाहुना टोली अलाभेसले घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। सोमु ओमोरोडियनको गोलमा अलाभेसले अग्रता बनायो। 

खेलको पहिलो मिनेटमै १–० ले पछि परेको बार्सिलोनालाई खेलमा फर्किन दोस्रो हाफसम्म कुर्नुपरेको थियो। 

खेलको ५३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए। जुलेस काउन्डेको क्रसमा लेवान्डोस्कीेले हेडर गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए। 

खेलको ७८औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो। अलाभेसका अब्कारले फेरान टोरसविरुद्ध फाउल गरेपछि बार्साले पेनाल्टी अवसर पायो। जुन मौकामा लेवान्डनेस्कीले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए। 

जितसँगै बार्सिलोना ३० अंकमा तेस्रो स्थानमा उक्लेको छ। पराजित अलाभेस १३ अंकमा १५औं स्थानमा छ। 

गएराति नै भएको खेलमा एथलेटिको मड्रिडले भिल्लारियलविरुद्ध ३–१ को जित हासिल गरेको छ। अर्को खेलमा सेभिल्ला र रियल बेटीसले १–१ को बराबरी गर्दै अंक बाँडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .