फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यमनसँग पराजित भएको छ।
मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा यमनविरुद्ध २-० गोलले नेपाल पराजित भएको हो।
खेल हेर्न रंगशालामा दर्शकको उल्लेख्य उपस्थिति थियो। झण्डै १४ हजार दर्शकले भरिएको रंगशालामा नेपालको झण्डासहित समर्थकहरूको बाक्लो उपस्थिति थियो।
उत्साहित हुँदै खेल हेर्न रंगशाला पुगेका घरेलु समर्थक यमनसँगको हारपछि निराश हुँदै घर फर्किए।
विश्वकप छनोट : यमनसँग २ गोलले हार्यो नेपाल
357
Shares
प्रतिक्रिया