प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ।
मंसिर ७ गतेको प्रदर्शनको सफलता आह्वान गर्दै सो मसाल जुलस निकालिएको युवा संघका इन्चार्जसमेत रहेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले बताएका छन्।
मंसिर ७ गते युवा संघले प्रदर्शन गर्दैछ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघको कार्यक्रम एकैदिन परेपछि काठमाडौं जिल्ला प्रशासनले विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
सो दिन हुनसक्ने सम्भावित घटनाका बारेमा सचेत हुँदै प्रशासनले नयाँ बानेश्वर, माइतीघर मण्डल, बालुवाटार र शीतलनिवास क्षेत्रमाा निषेधाज्ञा जारी गरेको छ।
468
Shares
प्रतिक्रिया