नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत मंगलबार भएको खेलमा काठमाडौँ रेजर्स र एफसी चितवनबीचको खेल बराबरी भएको छ।
खेलको अन्तिम समयसम्म दुई टोलीबीच गोल हुन सकेको थिएन। ८६ औँ मिनेटमा एफसी चितवनले पहिलो गोल गरेको थियो।
दशरथ रंगशालामा भएको खेलमा काठमाडौँ रिजर्सले ९२ औँ मिनेटमा गोल गर्ने खेल बराबरीमा टुंगिएको हो।
यो सँगै काठमाडौँले एनएसलमा अर्को एक अंक हासिल गरेको छ। दुई खेलबाट अहिलेसम्म काठमाडौँले ४ अंक जोडेको छ।
त्यस्तै, चितवनले पनि खेल बराबरी भएसँगै एक अंक जोडेको हो। एनएसएलमा पहिलो जित दर्ता गर्ने तयारीमा रहेको चितवनले अन्तिम समयमा गोल खान पुगेको थियो।
काठमाडौँले पहिलो खेलमा इलाम विरुद्ध जितेको थियो चितवनले भने पोखरा सँग हार ब्यहोर्न परेको थियो।
36
Shares
प्रतिक्रिया