ad ad

खेल


एनएसएल : ललितपुरलाई हराउँदै स्पोर्टिङ इलामको सुखद अन्त्य

एनएसएल : ललितपुरलाई हराउँदै स्पोर्टिङ इलामको सुखद अन्त्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ३, २०८० मंगलबार १५:१०, काठमाडौँ

स्पोर्टिङ इलाम एफसीले नेपाल सुपर लिग (एनएसएल) को आफ्नो अन्तिम खेलमा ललितपुर सिटी एफसीलाई हराउँदै सुखद अन्त्य गरेको छ। 

त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा मंगलबारको पहिलो खेलमा ललितपुरलाई १–० ले हराउँदै इलामले दोस्रो संस्करणको एनएसएल यात्रा सकाएको हो। 

दोस्रो संस्करणमा पहिलो सहभागिता जनाएको इलामले लिगका ८ खेलमध्य दुई खेलमा जित, २ खेलमा बराबरी र ४ खेलमा हार भोग्दै ८ अंक बनायो। 

इलामसँगको हारले भने प्लेअफमा स्थान पक्का गर्नका लागि ललितपुरले अर्को खेलसम्म पर्खनुपर्ने भएको छ। ललितपुरले समुहको आफ्नो अन्तिम खेलमा साविक विजेता काठमाडौं रेर्जससँग खेल्नेछ। सो खेल शनिबार साँझ ५ बजे हुनेछ। 

ललितपुरले लिगका सात खेलमा २ खेलमा जित, चार खेलमा बराबरी र २ खेलमा हार भोग्दै १० अंक बनाएको छ। 

इलामका लागि फोडे कामारले गोल नै निर्णायक बन्यो। खेलको ५७ औं मिनेटमा इलामका फोडे कामाराको गोलमा इलामले सुरुआती अग्रता बनायो। डि बक्स एरिया नजिकबाट अघि बढाउँदै लगेको बलमा गोलरक्षक जेफ्रि मार्सेल अघि बढेको अवस्थामा कामाराले सुन्दर गोल गरे। 

खेलको ८० औं मिनेटमा फोडे कामारा एक्लैले अघि बढाएको बलामा ललितपुरका दुई डिफेन्डर विट गर्दै पोष्टल नजिक पुर्याएपनि उनको फितलो प्रहार ललितपुरका गोलरक्षकले सहजै बचाए। 

७७ औं मिनेटमा इलामका नविन लामाको फ्रिकीक सिधै ललितपुरका गोलरक्षकको हातमा पुग्यो। ७३ औं मिनेटमा अनिल महर्जनको पासमा इमोनको हेडर गोलरक्षक विकेश कुथुले गोललाईनबाट जोगाए।

५३ औं मिनेटमा नविन लामाको कर्नरमा फोडे कामारको हेडर क्रसबारको माथिबाट आकाशियो। 
त्यसअघि पहिलो हाफको चौथो मिनेटमा इलामका गोलरक्षक विकेश कुथु पोजिसनबाहिर रहेको अवस्थामा सेसेहाङ आङदेम्बेले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार डिफेन्डर विमल पाण्डे रोके। 

त्यसलगत्तै मिडफिल्डर विवेक पौडेलले चोट बोक्दा ललितपुरले उनको स्थानमा रोशन पहारीलाई मैदान पठायो। 

खेलको २३ औं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार विकेशले उत्कृष्ट गरे। 

३७ औं मिनेटमा ललितपुरका अनन्त तामाङले मैदानको मध्यभाग नजिकबाट हानेको फ्रिकीक प्रहर गोलरक्षक विकेश अघि रहेको अवस्थामा क्रसबारमा लाग्यो। विकेशले अन्तिम समयमा हातले बल छुँदै बललाई क्रसबारतर्फ पठाएका थिए।

आजै हुने दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी भिड्नेछन्। सो खेल साँझ ५ बजे हुनेछ। पोखराले आजको खेलमा जित निकाले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। बुटवलले जित निकालेको अवस्थामा प्ले अफ सम्भावना बलियो बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .