प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र एपीएफ क्लबले विजयी सुरुआत गरेका छन्।
बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गर्दै पहिलो जित निकालेको हो।
बागमतीले दिएको १ सय १८ रनको बलियो लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो।
मधेशकी पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिईन्। अनुराधा चौधरी २१ रनमा रनआउट भईन्। प्रतिमा शाह १५ रनमा नटआउट रहिन्।
बागमतीका लागि अस्मिना कर्माचार्यले दुई तथा मनिसा उपाध्यायले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेसले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १७ रनको योगफल तयार पारेको थियो।
पाचौँ विकेटका लागि कयोदा विष्ट र कप्तान अश्मिना कर्माचार्यले ७२ रनको अविजित साझेदारी गरेपछि बागमतीले मधेशसामु बलियो लक्ष्य प्रस्तुत गरेको थियो। ३९ बलको सामना गरेकी विष्टले ६ चौका मद्धतमा ४७ रनमा अविजित रहिन्।
३१ बलको सामना गरेकी कर्माचार्यले ३ चौका हान्दै ३० रनमा नटआउट रहिन्। ओपनर हेलिसा गुरुङ १२ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। कन्चन श्रेष्ठ ८ र सोनी पाख्रिन ३ रनमा आउट भए। अस्मिता खरेल शून्य रनमा एलबीडब्लु धरापमा परिन्।
मधेश प्रदेशकी पूजा महतोले २ तथा कविता गौतमले १ विकेट झारिन्।
आजै सोही समयमा मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिममाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ।
सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले २३ बल अगावै १ विकेटको क्षतिमा भेट्टायो। एपीएफका लागि ओपनर ज्योति पाण्डे ४९ र इन्दु कर्मा ३१ रनमा नटआउट रहे।
४८ बलमा ९ चौका प्रहार गरेकी ज्योति ४९ रनमा अविजित रहिन्। ४४ बलमा ४ चौका हानिन्। कप्तान सिता राना मगर ४ बलमा क्याच आउट भईन्।
सुदूरपश्चिमकी इश्वरी विष्टले १ विकेट झारिन्।
त्यसअघि मुलापानी मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रनको योगफल तयार पारेको थियो।
सुदूरका लागि कविता जोशीले बनाएको २२ रन सर्वाधिक रह्यो। सम्झना खड्का १२ रनमा बोल्ड आउट भईन्। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
एपीएफकी सोनु खड्काले दुई विकेट झारिन्। सुमन विष्ट, करुणा भण्डारी र इन्दु बर्माले समान एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया