ad ad

खेल


एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

नेपालखबर
पुस ११, २०८० बुधबार ८:२, काठमाडौँ

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ। 

म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–२ गोलले हराएको हो। 

पहिलो हाफमा २–० गोलले पछि परेको म्यानचेस्टरले दोस्रो हाफमा ३ गोल हानेको हो। 

पहिलो हाफको २१औँ मिनेटमामा भिल्लाका जोन म्याकगीनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि २६औँ मिनेटमा भिल्लाकै लिन्डर डेनडोंकरले गोल थप्दै अग्रता दोब्बर पारेका थिए।

दोस्रा हाफको ५९औँ र ७१औँ मिनेटमा म्यानचेस्टरका अलेजान्द्रो गार्नाचोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए। तर ८२औँ मिनेटमा रासमस होजलन्डले गोल गर्दै टोलीको जित निश्चित गरे।

यो जितसँगै १९ खेलबाट ३१ अंक जोडेर म्यानचेस्टर युनाइटेड तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। पराजित एस्टन भिल्ला ३९ अंकका साथ तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .