इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएरातिको खेलमा बोर्नमाउथले फुलहमलाई हराएको छ। बोर्नमाउथले शून्यका विरुद्ध ३ गोल गरेर फुलह्यामलाई हराएको हो।
बोर्नमाउथको जितमा जस्टिन क्लुइभर्ट, डोमोनिक सोलान्के र लुइस सिनिसटेराले १/१ गोल गरेका हुन्।
जितसँगै बोर्नमाउथ १८ खेलबाट २५ अंकसहित तालिकाको १०औँ स्थानमा उक्लिएको छ। पराजित फुलहम १९ खेलबाट २१ अंक जोडेर १३औँ स्थानमा छ।
33
Shares
प्रतिक्रिया