काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी२० क्रिकेट प्रतियोगिताको प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लागेको छ।
बिहीबार भएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै बागमती प्रदेशले शीर्ष चारमा रहेपछि प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लागेको हो।
एपीएफ, कोशी, सुदूरपश्चिम र बागमतीले शीर्ष चारमा रहँदै प्लेअफमा स्थान पक्का गरेका हुन्।
प्ले अफमा स्थान पक्का गरेका मध्य एपीएफले लिगमा २ खेल्न खेल्न बाँकी छ। अन्य तीन टोलीले भने एक खेल खेल्न बाँकी छ।
कर्णाली प्रदेशले दिएको ३ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले ४.५ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो।
बागमतीको जितमा यशु पाण्डे २५ र हेलिसा गुरुङ १३ रनमा नटआउट रहे।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेश १३.४ ओभरमा ४२ रनमा अल आउट भयो।
कर्णालीकी शुर्ती बुढाले बनाएको १६ रन नै सर्वाधिक रह्यो। बिना थापाले १२ रन थपिन्। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।
बागमती प्रदेशकी खुशी डंगोल एक्लैले ४ विकेट लिइन्। संस्कृति फुँयालले २ तथा सोनी पाख्रिन र विपिशा शाहीले समान एक विकेट लिए।
Shares
प्रतिक्रिया