ad ad

खेल


पोखरा र ललितपुरबीचको खेल अतिरिक्त समयमा धकेलियो

पोखरा र ललितपुरबीचको खेल अतिरिक्त समयमा धकेलियो

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस १२, २०८० बिहिबार १९:३३, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायर अन्तर्गत पोखरा थन्डर्स एफसी र ललितपुर सिटी एफसीबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। 

खेलको पहिलो हाफमा १–० ले पछि परेको पोखराले दोस्रो हाफमा बराबरी गोल फर्कायो। 

खेलको ७१ औं मिनेटमा स्टेफन पापाको गोलमा पोखरा खेलमा फर्कियो। जो एडोको लामो पासमा स्टेफनको हेडर सिधै गोलमा परिणत भयो। 

५४ औं मिनेटमा डिबक्स नजिकबाट आयुष घलानको प्रहार पहिलो बारको नजिकबाट बाहिरिँदा पोखराले बराबरीको मौका गुमायो। 

५२ औं मिनेटमा इमोको प्रहार सिधै ललितपुरका गोलरक्षकको हातमा पुग्यो। 

खेलको ४५ औं मिनेटमा इमो एजिकेको गोलमा ललितपुरले सुरुआती अग्रता बनायो। पोखराका गोलरक्षकलाई छल्दै अघि बढाएको बललाई इमोनले सहजै गोल गरे। 

४२ औं मिनेटमा नरेन्द्र चौधरीको पासमा मोसेसको हेडर बाहिरियो। ३४ औं मिनेटमा ललितपुर १० खेलाडीमा सीमित भयो।

निखिल सुरेशराओले पोखराका आयुष घलानलाई खराब ट्याकल गरेपछि रेफ्री नविन्द्र महर्जनले निखिललाई रातो कार्ड देखाए। 

३२ औं मिनेटमा पोखराका आयुष घलानको पासमा जो एडोको क्रसमा मोसेसको प्रहार बाहिरियो। 

२९ औं मिनेटमा पोखराका सुरजजिउ ठकुरीको कर्नर मोसेसको हेडर पहिलो बारको नजिकबाट बाहिरियो। 

आठौं मिनेटमा ललितपुरका निखिल सुरेशराओको फितलो प्रहार पोखराका गोलरक्षक प्रिसोले सहजै बचाए। 

खेलको तेस्रो मिनेटमा नै पोखराका मोसेसको प्रहार क्रसबारको माथिबाट आकाशियो। 

यो खेलको विजेताले एनएसएलको उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ। फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .