ad ad

खेल


पोखरालाई हराउँदै ललितपुर फाइनलमा

पोखरालाई हराउँदै ललितपुर फाइनलमा

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस १२, २०८० बिहिबार २०:२६, काठमाडौँ

पोखरा थन्डर्स एफसीलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान बनाएको छ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा १० खेलाडीमा सिमित ललितपुरले पोखरालाई हराउँदै धनगढीसँगको भेट पक्का गरेको हो।

ललितपुरले पोखरा थन्डर्स एफसीलाई २–१ ले पराजित गर्यो।

अतिरिक्त समयमा कुशल देउवाको निर्णायक गोलमा ललितपुरले उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल शनिबार हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको २६ औं मिनेटमा प्रिसोको फ्रिकीक आकाशियो। खेलको ९९ औं मिनेटमा कुशल देउवाको गोलमा ललितपुरले २–१ ले अग्रता बनायो।

खेलको पहिलो हाफमा १–० ले पछि परेको पोखराले दोस्रो हाफमा बराबरी गोल फर्कायो।

खेलको ७१ औं मिनेटमा स्टेफन पापाको गोलमा पोखरा खेलमा फर्कियो। जो एडोको लामो पासमा स्टेफनको हेडर सिधै गोलमा परिणत भयो।

५४ औं मिनेटमा डिबक्स नजिकबाट आयुष घलानको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा पोखराले बराबरीको मौका गुमायो। ५२ औं मिनेटमा इमोको प्रहार सिधै.ललितपुरका गोलरक्षकको हातमा पुग्यो।

खेलको ४५ औं मिनेटमा इमो एजिकेको गोलमा ललितपुरले सुरुआती अग्रता बनायो। पोखराका गोलरक्षकलाई छल्दै अघि बढाएको बललाई इमोनले सहजै गोल गरे।

४२ औं मिनेटमा नरेन्द्र चौधरीको पासमा मोसेसको हेडर बाहिरियो। ३४ औं मिनेटमा ललितपुर १० खेलाडीमा सिमित भयो। निखिल सुरेशराओले पोखराका आयुष घलानलाई खराब ट्याकल गरेपछि रेफ्रि नविन्द्र महर्जनले निखिललाई रातो कार्ड देखाए।

३२ औं मिनेटमा पोखराका आयुष घलानको पासमा जो एडोको क्रसमा मोसेसको प्रहार बाहिरियो।

२९ औं मिनेटमा पोखराका सुरज जिउ ठकुरीको कर्नर मोसेसको हेडर पहिलो बारको नजिकबाट बाहिरियो।

आठौं मिनेटमा ललितपुरका निखिल सुरेशराओको फितलो प्रहार पोखराका गोलरक्षक प्रिसोले सहजै बचाए। खेलको तेस्रो मिनेटमा नै पोखराका मोसेसको प्रहार क्रसबारको माथिबाट आकाशियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .