ad ad

खेल


आहा रारा पोखरा गोल्डकप माघ ९ गतेदेखि

आहा रारा पोखरा गोल्डकप माघ ९ गतेदेखि

नेपालखबर
पुस १२, २०८० बिहिबार २२:६, काठमाडौँ

२३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ ९ गतेदेखि हुने भएको छ।

बिहीबार पत्रकार सम्मेलन गरी आयोजक सहारा क्लब पोखराले आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता साल माघ ९ गते २० गतेसम्म सञ्चालन गर्ने समय तालिका अखिल नेपाल फुटबल संघबाट आयोजकलाई प्राप्त भएको जनाएको छ।

यस प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ। गत २२औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाडौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिका रहेको थियो भने विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद रहेको थियो।

वि सं २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ।

यस प्रतियोगितालाई पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा लि को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ।

त्यसैगरि पोखरा महानगरपालिकाको प्रवर्द्धन, रास्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा युके, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंगकंगका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ समेतको बिशेष सहयोग, अफिसियल बैंक( लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स बुद्ध एयर रहँदै आइरहेको छ।

उत्कृस्ट पाँच विधाको पुरस्कार सूर्य बहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ। रास्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङद्वारा प्रायोजन गरियको छ। म्यान अफ द म्याच ट्रफी, नगद र मेडल हरु सहारा युकेद्वारा सौजन्य पाप्त हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .