ad ad

खेल


उसु खेलाडी खड्काको दुर्घटनामा परी निधन

उसु खेलाडी खड्काको दुर्घटनामा परी निधन

नेपालखबर
पुस १४, २०८० शनिबार १५:३०, काठमाडौँ

सवारी दुर्घटनामा परी उसु खेलाडीको मृत्यु भएको छ। 

हेटौंडामा आयोजित अन्तर प्रदेश स्तरिय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्कने क्रममा उसु खेलाडी निता खड्काको सवारी दुर्घटनामा मृत्यु भएको हो। 

दुर्घटनामा ९ खेलाडी र तीन निर्णायक घाइते भएको सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। 

गएराति अन्दाजी २ बजे कपिलवस्तुको चन्द्रौटाबाट १५ किमी टाढा चोरामारा खोला नजिक खेलाडी सवार बस दुर्घटना भएको थियो। 

घाइते हुनेमा खेलाडी पुष्पा कुवँर, सपना तामाङ, सृजना बिसी, मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु विक छन्। यस्तै निर्णायक खुसीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती घाइते भएको परिषदले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

परिषद्ले दुर्घटनामा परी मृत्यु भएकी खेलाडी निताप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै मृतकका परिवारलाई क्षतिपुर्ति र घाइतेको उपचारमा आवश्यक सहयोग गरिदिन प्रदेश सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .