ad ad

खेल


इन्दु बर्माको अर्धशतकमा एपीएफले दियो कोशीलाई ११५ रनको लक्ष्य

इन्दु बर्माको अर्धशतकमा एपीएफले दियो कोशीलाई ११५ रनको लक्ष्य

नेपालखबर
पुस १८, २०८० बुधबार १२:३८, काठमाडौँ

इन्दु बर्माको अर्धशतकमा एपीएफले प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि कोशी प्रदेशसामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

इन्दु बर्माको अर्धशतकमा एपीएफले प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि कोशी प्रदेशसामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको हो। 

इन्दु बर्मा ५३ रनका क्याच आउट भईन्। ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरेकी इन्दु अप्सरीको बलमा क्याच आउट हुन पुगिन्।

ओपनर ज्योती पाण्डे २७ रनमा क्याच आउट भइन्। ३० बलको सामना गरेकी ज्योतीले ३ चौका प्रहार गरिन्। 

कप्तान सीता रानामगर १ रनमा बोल्ड आउट भइन्। रोमा थापा १४ रन बनाउँदा क्याच आउट हुन पुगिन्।  ममता चौधरीले ३ रन थपिन्। सरिता मगर ९ रनमा नटआउट रहिन्। 

कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक विकेट लिईन्। उनले अन्तिम ओभरको पहिलो बलमा इन्दु बर्मालाई पवेलियनको बाटो देखाईन्। दोस्रो बलमा नेरी थापा र तेस्रो बलमा सम्झना खड्कालाई गोल्डेन डग आउट गरिन्। 

एलिसा खाडीयाले २ विकेट लिईन्। रुविना क्षत्री र निशा शाहले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .