उपविजेता कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री बेलवासे प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।
कोशी प्रदेशकी कप्तान रुविनाले प्रतियोगिताका १० खेलमा ३ सय ४५ रन बनाएकी थिइन्। अलराउण्डर उनले प्रतियोगितामा ११ विकेट पनि झारिन्।
सर्वोतकृष्ट बनेसँगै उनले यामाहाको एकथान स्कुटर प्राप्त गरेकी छन्।
फाइनल खेलमा रुविनाले एपीएफविरुद्ध सर्वाधिक ६२ रनको योगदान दिइन्। तर उनको यो योगदानले टोलीको हार टर्न सके।
रुविनाले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा करुणा भण्डारीको बलमा आउट भएकी थिइन्।
51
Shares
प्रतिक्रिया