ad ad

खेल


प्रेमिकाको हत्यामा दोषी पारा ओलम्पियन पिस्टोरियस जेलबाट छुटे

प्रेमिकाको हत्यामा दोषी पारा ओलम्पियन पिस्टोरियस जेलबाट छुटे

नेपालखबर
पुस २०, २०८० शुक्रबार १७:१३, काठमाडौँ

प्रेमिकाको हत्या गरेर जेल सजाय भोगिरहेका दक्षिण अफ्रिकाका पूर्व-पाराओलम्पियन ओस्कार पिस्टोरियस रिहा भएका छन्। 

प्रेमिका रिभा स्टिनकाम्पलाई हत्या आरोपमा जेल परेका पिस्टोरियस ११ वर्षपछि सर्तसहित दक्षिण अफ्रिकाको जेलबाट रिहा भएका हुन्।

३७ वर्षीय पिस्टोरियसले सन् २०१३ फेब्रुअरी १४ मा मा गोली प्रहार गरी रिभाको हत्या गरेका थिए। सन् २०१५ मा उनलाई जेल सजाय तोकिएको थियो। उनी सन् २०१४ देखि जेलमा थिए। 

आफ्ना दुवै खुट्टा नभएका उनी ब्लेड रनरका नामले प्रख्यात थिए। उनलाई सेप्टेम्बर २०१४ मा हत्याको घटनामा दोषी ठहर गरिएको थियो।

जेलबाट रिहा भए पनि सजाय तोकिएको अवधि सन् २०२९ सम्म उनी अधिकारीहरूको उच्च निगरानीमा हुनेछन्। उनी जेलबाट छुटेर शुक्रबार आफ्नो घर पुगिसकेका छन्। 

दक्षिण अफ्रिकामा अपराधीले तोकिएको सजायको आधा काटिसकेपछि जेलबाट छोड्ने नियम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .