ad ad

खेल


टी-२० विश्वकपको तालिका सार्वजनिक : नेपाल तीन टेस्ट राष्ट्र रहेकै समूहमा

टी-२० विश्वकपको तालिका सार्वजनिक : नेपाल तीन टेस्ट राष्ट्र रहेकै समूहमा

नेपालखबर
पुस २०, २०८० शुक्रबार २०:५२, काठमाडौँ

नेपाल टी–२० विश्वकप क्रिकेटमा तीन टेस्ट राष्ट्र रहेको समूहमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल रहेको समूह डीमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।

टि–२० विश्वकप क्रिकेट जुन १ देखि ३० सम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदै छ। यसअघि बंगलादेशसँग खेलेको नेपालले दक्षिण अफ्रिका र श्रीलंकासँग भने पहिलो पटक खेल्न लागेको हो।

पहिलो पटक टी–२० विश्वकपमा २० टोलीलाई सहभागी गराउने निर्णय भएसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो। कात्तिकमा काठमाडौंमा भएको एसिया क्षेत्रको विश्वकप छनोटको निर्णायक खेलमा युएईलाई पराजित गर्दै नेपालले स्थान बनाएको थियो।

नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो। त्यतिबेला पनि नेपालको समूहमा बंगलादेश रहेको थियो। सोही समूहमा रहेका अफगानिस्तान र हङकङलाई पराजित गरेको बंगलादेशसँग पराजित हुँदा दोस्रो चरण पुग्न सकेको थिएन।

यस्तै समूह एमा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन्। समूह ‘बी’ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड, ओमान र नामिबिया परेका छन्।

समूह ‘सी’मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा परेका छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .