ad ad

खेल


पल्सर स्पोर्ट्स अवार्डको २०औँ संस्करण माघ दोस्रो साता

पल्सर स्पोर्ट्स अवार्डको २०औँ संस्करण माघ दोस्रो साता

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस २२, २०८० आइतबार १४:४०, काठमाडौँ

पल्सर स्पोर्टस् अवार्ड को २० औं संस्करण आगामी माघ दोस्रो साता हुने भएको छ। 

नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै पल्सर स्पोर्टस् अवार्ड माघ १२ गते हुने जानकारी दिएको हो। 

मञ्चले यो संस्करणको मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचाका परिवर्तन गरेको जनाएको छ। 

मञ्चले विगतमा जस्तै यो वर्ष पनि ९ विधा समावेश गरेको छ।

अवार्डमा वर्ष उत्कृष्ट महिला पुरुष खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, टाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिष्ट अवार्ड छ। 

वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन केही दिनमा नै सार्वजनिक गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी  दिए। 

यसका लागि मञ्चले खेलाडी छनोट समिति गठन गरेको छ। लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिष्ट अवार्ड विजेताको घोषणा अवार्ड समारोहकै दिन गरिनेछ। 

पल्सर स्पोर्टस् अवार्डका लागि मुख्य प्रायोजकमा हशंराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकले गर्नेछ। मञ्च र कम्पनीबीच अवार्डका लागि सहकार्य भएको यो १५ औं वर्ष हो। 

सम्झौताअनुसार कम्पनीले वर्ष खेलाडी महिला पुरुष, पिपुल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरि ५ विधाका विजेतालाई बजाज मोटरसाइकल प्रदान गर्नेछ। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .