ad ad

खेल


विगनलाई हराउँदै युनाइटेड एफए कप फुटबलको चौथो चरणमा

विगनलाई हराउँदै युनाइटेड एफए कप फुटबलको चौथो चरणमा

नेपालखबर
पुस २४, २०८० मंगलबार ७:५९, काठमाडौँ

एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ।

सोमबार अबेर राति भएको खेलमा विगन एथ्लेटिकलाई २–० ले हराउँदै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो। 

१२ पटकको एफए‌‌ कप‌ विजेता युनाइटेडको जितमा डियोगो डालोट र कप्तान ब्रुनो फर्नान्डेजले एक/एक गोल हाने। 

डालोटले २२औँ मिनेटमा सुरुवाती गोल गरे भने ७४औँ मिनेटमा फर्नान्डेजले पेनाल्टीबाट गोल थपे। 

फर्नान्डेजलाई लिआम साले खराब ट्याकल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो।

दोस्रो हाफमा घरेलु टोली विगनले‌ गोल फर्काउने राम्रो मौका चुकाएको थियो। जसले गर्दा उसको हारको अन्तर २–० हुन पुग्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .